झापाको दमकमा निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला प्रयोगविहीन बनेको छ । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले दमक नगरपालिकाले २०७९ फागुनमा दमक नगरपालिका कार्यालय हाताभित्र स्थापना गरिएको खाद्य परीक्षण प्रयोगशाला अझसम्म सञ्चालनमा आउन नसकेपछि प्रयोगविहीन बनेको हो । तत्कालीन दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेको खाद्य परीक्षण प्रयोगशाला आन्तरिक व्यवस्थापन नहुँदा सञ्चालनमा नआइ […]