बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-३ भगरैया बस्ने ४४ वर्षीय कृष्ण बहादुर कामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले प