छानबिन समितिद्वारा अर्थ मन्त्रालयको सीसीटीभी फुटेजकाे अध्ययन सुरु

काठमाण्डाै – पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको जनाएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सीसीटीभीका गतिविधिहरुमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आज राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र आजै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाँले आज नै अर्थ मन्त्रालयका विभिन्न महाशा...