शनिवार भेटिए ७ जना कोभिड संक्रमित

काठमाडौं : शनिवार नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत लगाएका छन्। शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ। 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा थपिए ३२ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा २८, भक्तपुरमा ४ र ललितपुरामा ७ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८६५ पुगेको छ । आज देशभर ५ हजार २३० जना होम आइसोलेसनमा, ११० जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये...

काठमाडौं उपत्यकामा थपिए ५८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५८ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएनन् । आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ४०० पुगेको छ ।  आज देशभर ९ हजार ४०६ जना होम आइसोलेसनमा, २७२ जना संस्थागत...