मोरङको बेलबारी र धनपालथानमा माछाको गैरदेशीय प्रजाति पत्ता लागेको छ । दक्षिण अमेरिकाको अमेजन नदीको उक्त माछा नेपालमा पाइएको हो । पूर्वी र दक्षिण एसियाली देशहरूमा केही वर्षयता यसको व्याप्ति बढी छ । ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम गरेको यो माछा नेपालमा पहिलो पटक मोरङको बेलबारीमा चार वर्षअघि देखा परेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनालले यसलाई पहिल्याउन थाल्नुभएको थियो ।