सरकारले ल्यायो हेजिङ नियमावली, दुई अर्ब माथिका आयोजनालाई सुविधा

–रमेश लम्सालसरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रुतगतिमा अगाडि बढाउने लक्ष्यका साथ विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । विकास निर्माणको तीव्रतर चाहना तथा लगानीको स्रोतको विस्तार तथा राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले हेजिङ सुविधा उपलब्ध गराउने भएको हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘हेजिङ नियमावली, २०७९’ अनुसार एकसय मेगावाट वा सोभन्दा बढी क्षमताका जलाशययुक्त वा अर्धजलाशययुक्त विद्युत् परियोजनालाई हेजिङ सुविधा उपलब्ध