काठमाडौं– पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरी । यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यो चरा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ । यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
बनियानी– झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई एक करोड ३७ लाख रुपैयाँ बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म आठ सय ८३ हात्तीपीडितलाई एक करोड ३७ लाख ३८ हजार ६४ रुपैयाँ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन अधिकृत हिमाल पाठकले जानकारी दिए । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले […]