काठमाडौं । चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माले पाएका छन् । अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कामकाज सञ्चालन गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको हाे। मंगलबार भएको मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको शर्माले बुधबारदेखि बोर्डको कार्यभार सम्हालेका छन् । मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया चाँडै […]
बाढीबाट प्रभावित समुदायको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी/सार्वजनिक भइसकेको हदबन्दीको जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित चार कर्मचारी र एक जग्गाधनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले रुपन्देहीको साविक भुजौली गाउँ पञ्चायत–९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा कानुनी प्रक्रिया मिचेर व्यक्ति विशेषको नाममा दर्ता गराएको आरोपमा मुद्दा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताए। उनले अन्तर्राष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह […]
काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ। देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले महाधिवेशनदेखि वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो। समितिले आगामी भदौ १८ गतेभित्र महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन […]