काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बिच सर्वोच्च अदालत वरपर र मुख्य चोक–चोकमा हतियारसहितका प्रहरीको टोली तैनाथ गरिएको हो । सर्वोच्च अदालतको मुख्य गेट वरपर पनि सुरक्षाकर्मीहरूको सङ्ख्या अघिल्ला दिनहरूको तुलनामा बाक्लो पारिएको छ । सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको […]