मनाङले टुंग्यायो लगातार ६ हारको यात्रा

काठमाडौं-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातारको हार यात्राको अन्त गरेको छ। मनाङ पछिल्ला ६ खेलमा पराजित भएयता पहिलो पल्ट विजयी भयो। मनाङले बलियो मानिएको त्रिभुवन आर्मीलाई १-० ले पराजित गर्दै लिगमा ५ औ जित निकाल्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मनाङको जितमा कोफी टिमोथी कुडोले गरेको एकमात्र गोल निर्णायक बन्यो। […]