नेपालले कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि कोल्ड रुम विस्तार तथा मर्मत गर्न लागिरहेको छ। उपत्यकासहित देशभरिका ४७ वटा कोल्ड स्टोरको मर्मत तथा विस्तार गर्न लागेको कोभिड खोप सल्लाहाकार संयोजक डा. श्यामराज उप्रेतीले जानकारी दिए।
खोप भण्डारण क्षमता बढाउन जिल्ला स्वास्थ्य कार्यालय बागलुङमा ‘वाकिङ कुलर’ जडान गरिएको छ। बुधबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले यसको उद्घाटन गरे।
धनुषा, २ पुस: प्रदेश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए । चालिस […]
मुलुकको प्रमुख व्यापारिक नगरी तथा प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगञ्जले विविध प्रकारको खोप व्यवस्थापन गर्ने उद्देश्यले खोप भण्डारण कक्ष स्थापना गरेको छ । बालबालिकालाई लगाइने नियमित खोपका साथै वर्तमान अवस्थामा आवश्यक कोभिड विरुद्धको खोप भण्डारण सहज बनाउन महानगरपालिकाले खोप भण्डारण कक्ष स्थापना गरिएको हो । स्थापना गरिएको खोप भण्डारण कक्षमा महानगरवासीलाई आवश्यक विविध …
काठमाडौँ- स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ […]
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज खोप भण्डारण केन्द्रको निरीक्षण गरेका छन् ।
टेकु र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गरेका हुन् ।
उनको साथमा स्वास्थ्य सचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंह पनि थिए । राज्यमन्त्री श्रेष्ठले भण्डारणको अवस्था,भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइने बताए ।
मधुसूदन रायमाझी, काठमाडौं । सरकारले देशभर आठवटा कोरोनाविरुद्धको खोप भण्डारण गृह निर्माण गरेको छ । खोपको सहज र सरल व्यवस्थापनका लागि सरकारले सातवटै प्रदेशमा खोप भण्डारण गृह निर्माण गरेको हो । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले सातवटा प्रदेशमा एक–एकवटा र बाराको पथलैयामा केन्द्रीय गरी आठवटा खोप भण्डारण गृह निर्माण गरेको छ […]
विराटनगर, जेठ २५ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको […]
पोखरामा कोभिड–१९विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु गरिएको छ। संघीय आयोजना कार्यान्वयन एकाई कास्कीको पौने १ करोडको लागतमा पोखराको रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको प्राङ्गणमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण गर्न सुरु...