अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिका र ताइवानले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ सुआङले भनेकी छन्, “पेलोसीको भ्रमणबाट निम्त्याएको परिणामको पूर्ण जिम्मेवारी अमेरिका र ताइवानका पृथकतावादीहरूले लिनुपर्नेछ।” चीनले आफ्नो वचनमा जिउनेछ, हामीलाई विश्वास गर्नुहोस् र धैर्य राख्नुहोस्। ” […]