नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो । उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको […] The post नेपाली कांग्रेसमा फेरि देउवा सभापति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पार्टीमा एकताको खाँचो : देउवा, मतभेदलाई छलफल गरी सल्टाऔं : पौडेल

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए।

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।