काठमाडौं : नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिएको जनाएको छ।
नयाँ भेन्यूले आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचा...