सार्वजनिक सवारीमा जोरविजोर हट्यो, अरु के-के गर्न पाइन्छ ?

काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधान (बस माइक्रो र टेम्पु) मा लगाइँदै आइएको जोरविजोर प्रणाली हटाइएको छ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले स्वास्थ्यका सबै मापदण्ड प्रयोग गरी सञ्चालन गर्ने गरी जोरबिजोर प्रणाली हटाएको हो । यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्