लक्ष्मीले खुट्टाका नङ पोलिस गरेर रंगीन बनाएकी छिन् । खुट्टाका नङसमेत रंगीन बनाउने उनी आफू भने रंगहीन छिन् । त्यसैले घरकी बुहारी त्यो हो, जो आफू रंगहीन हुन्छे तर घर रंगीन बनाउँछे । आफू अँध्यारोमा बस्छे, घर उज्यालो बनाउँछे । घरमा खुसीको दियो बाल्न, आफू तेल भैदिन तयार हुन्छे ।