देउवा सरकार युक्रेनको पक्षमा ढल्कियो, के भन्छन् परराष्ट्रविद् ?

अघिल्लो साता बिहीबारदेखि रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि सुरु गरेको सैन्य कारबाही जारी छ । रुस–युक्रेन विवादलाई हेर्ने सन्दर्भमा विश्वका विभिन्न देशहरू यतिबेला फरक फरक ध्रुवमा बाँडिएका छन् । सोमबार जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ । तर नेपालका दुई छिमेकी देशहरू चीनले विपक्षमा भोट हालेको छ भने भारत तटस्थ  बसेको छ ।युक्रेनबारे छलफल हुनुपर्ने प्रस्तावको पक्षमा परिषद्मा रहेका