नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफूले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाउन चाहेको बताएका छन् । निधिले पार्टीलाई एकता र अनुशासित रुपमा अघि बढाउन पनि नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए ।बिहीबार महोत्तरीमा महेश्वरसिंह स्मृति भवनको उद्घाटन गर्दै उपसभापति निधिले भने– ‘म कसैलाई पराजित गर्न होइन, काँग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु ।’ पार्टीमा थप उर्जा प्रदान गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको बताउँदै उनले सम्पूर्ण नेता कार्यकर्तालाई साथ