अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा फसेका छन् । शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी फेरि विवादमा फसेका हुन् ।गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत विश्वकप देखाउनका लागि प्रदर्शकलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनीयुक्त पत्र काटेपछि अहिले बोर्डको विरोध सुरु भएको छ ।हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र