रौतहटमा अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन केन्द्र स्थापना हुँदै

८ माघ, वीरगञ्ज । रौतहटको परोहा नगरपालिकामा अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि अपाङ्गता अध्ययन केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि परोहा नगरपालिका–६ बसन्तपटी भेड़ियाही टोलमा केन्द्रको भवन निर्माण हुँदैछ । अपाङ्गता भएका व्यक्तिको हकहित तथा सशक्तिकरणमा काम गर्दै आएको गैर सहकारी संस्था छाया नेपाल र परोहा नगरपालिका भवन बनाउन लागि परेका छन् । […]