सरकार बनेको तीन महिनाभित्र नागरिकताबारे निर्णय नभए एमालेले आन्दोलन गर्छ : महासेठ

१६ मंसिर, धनुषा । नेकपा एमालेका नेता रघुवीर महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकका छोराछोरीहरुलाई नागरिकता दिने निर्णय नभए देशव्यापी आन्दोलन गर्ने बताएका छन् । शुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन […]