संरक्षण क्षेत्र बाहेकका प्रायः धेरै ठाउँका जंगलहरु क्रमशः मानवीय अतिक्रमणको चपेटामा परेका छन्। जसले गर्दा नेपालमा हात्तीको बासस्थान घट्दो र मानव-हात्ती बीचको द्वन्द बढ्दो अवस्थामा छ। हामीसँग हात्तीको लागि बासस्थान पुग्ने भएता पनि मानव र हात्तीको द्वन्द बढिरहेको छ। जसको पछिल्लो उदाहरण मकुना हात्ती परेको छ।