वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरु चुनावी मैदानमा होमिई सकेका छन् । कर्णालीमा प्रमुख तीन राजनीति दल (एमाले, माओवादी, काँग्रेस)ले आफू नै पहिलो शक्ति बन्ने दाबी गरिरहँदा एमाले खण्डीकरण भएर बनेको नेकपा (एकीकृत समाजवादी) भने अग्नि परीक्षामा छ । यो दल आफू पहिलो शक्ति बन्ने दावी गर्न नसकेपछि एमालेलाई पराजित गराउने रणनीतिमा छ ।सत्ता गठबन्धन कायम रहेको खण्डमा भने यो नेकपा (एस) पनि निर्णायक भूमिका रहने छ । एकीकृत समाजवादीका उप–महासचिव एवं कर्णाली प्रदेश इञ्च