रूपन्देही । लुम्बिनीमा नयाँ सरकार गठनको तयारी चलिरहँदा निवर्तमान मन्त्रीहरू मन्त्रालय र क्वार्टर छाड्न थालेका छन् । यसैक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य केही बेरअघि मन्त्रालयबाट बाहिरिएका छन् । मन्त्रालय छाड्नुअघि आचार्यले पत्रकार सम्मेलन गरेका थिए । उनी सरकारी गाडी छाडेर ई-रिक्सा चढेर बाहिरिएका हुन् । पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो […]
राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्री पदबाट हटेपछि अटो रिक्सा चढेर बिहीवार मन्त्रालयबाट बाहिरिएका छन् ।
बिहीवार बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई–रिक्सा चढेर बाहिरिएका हुन् ।
पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार विधेयकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए । नयाँ बन्ने लागेका मुख्यमन्त्री कुलप्रसाद केसीले विधेयक ल्याएको उनले बताए ।
अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेलले दोस्रो चरणमा मन्त्री बनाएका थिए ।...