काठमाडौं। मेरिल्यान्ड युनिभर्सिटी अफ मेडिसिनका डा. फहिम युनुसका अनुसार कोरोनाका बिरामी प्रायः १४ दिनभित्र ठीक हुन्छन्। उनी भन्छन्, ‘यदि पहिलो दुई सातामा तपाईंको अवस्था खराब भएन भने, ठीक हुँदै छ भन्ने बुझ्नुपर्छ। ८० प्रतिशतभन्दा बढी बिरामी यही क्याटगोरीमा पर्छन्।’बिरामीले भाइरसका बारेमा धेरै चिन्ता गर्न नहुने उनी सल्लाह दिन्छन्। मास्क लगाउन, भीडमा नजान र भ्याक्सिन लगाउन पनि उनले सल्लाह दिए।