स्थानीय अवरोधका कारण धरानका एक कोरोना संक्रमितको मृत्यु भएको १७ घण्टापछि अन्त्येष्टि गरिएको छ । संक्रमण फैलिने भन्दै स्थानीयले अवरोध गरेपछि धरानका ती युवाको शव ४० किलोमिटर टाढाको दुरीमा रहेको विराटनगरको सिंघिया खोलामा मंगलबार अपरान्ह पाँच बजे अन्त्येष्टी गरिएको थियो ।धरान वडा नं ३ का ४३ वर्षीय संक्रमित पुरुषको वीपी प्रतिष्ठान स्थित कोभिड अस्पतालमा राति १२ बजेर ४८ मिनेटमा मृत्यु भएको थियो । स्थानीय एवं ३ नं का सदस्य विकास वनेपालीले शव धरानको कुनै दाहसंस्क