भक्तपुर र बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : भक्तपुर र बर्दियामा भएको सवारी साधान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।दुर्घटनामा परी काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भई काठमाडौंको कलंकी बस्दै आएका २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो। जगातीबाट सूर्यबिनायकतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०३० प ०१६८ नम्बरको मोटरसाइकललाई प्रदेश नम्बर ३-०१-००३ क ७८५१ नम्बरको टिपरले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ।य