जम्मु - काश्मिरमा भारतीय प्रहरीले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरको कनाचक इलाकामा भारतीय पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको भारतीय सञ्चारमाध्यमको दाबी छ । समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सा