काठमाडौँ- युक्रेनसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । आयोगका अध्यक्ष एरिक मोसेले युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण […]