काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासन र दिगो विकासका लागि सृजनशील पत्रकारिताको आवश्यकता औँल्याएका छन् । जनआकाश साप्ताहिकको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले सत्य, तथ्य र विश्वसनीय पत्रकारिताका निम्ति आमसञ्चार माध्यमलाई अपिल गरे । संवृद्ध नेपाल निर्माणमा आमसञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुने मन्त्री कार्कीको भनाइ थियो […]