कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ

कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।