श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग आवास गृहमा पुगेर छलफल गरेका छन् । आइतबार काठमाडौंको बसुन्धरास्थित प्रवासी नेपाली समन्वय समितिको आवास गृहमा मन्त्री श्रेष्ठले मलेसियाबाट उद्धार गरिएका श्रमिकहरूसँग विदेशी भूमिमा नेपालीहरुले भोगेका समस्याको कारण र समाधानका उपायबारे छलफल गरेका हुन् ।मन्त्री श्रेष्ठले विदेशमा अलपत्र वा समस्यामा परेका नेपालीलाई संरक्षण गरी स्वदेश फर्काउने विषयमा आफूले उच्च प्राथमिकता दिएको बताए । नेपाली श्रम