हेटौंडा : जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा हेटौंडामा मदन–आश्रितको शालिक अनावरण गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा हेटौंडा–९ मा भण्डारी र जीवराज आश्रितको शालिक अनावरण गरेका हुन्।मुख्यमन्त्री पौडेलले हेटौंडा–९ स्थित दिव्य बाल उद्यानमा अर्धकदको शालिक अनावरण गरी माल्यार्पण गरेका छन्।नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको सम्झनामा सोमबार पार्क व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेल