गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न भित्तामा भगवान

काठमाडौं । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्बिर भित्तामा टाँस्नुपरेको हो ।