काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिनुभएको हो । उहाँले मतदान सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिनुभएको छ ।
“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छ...