पर्वत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा लडेर सरकार पाउने भए लोकतन्त्र किन चाहियो? भन्दै वर्तमान सरकारलाई प्रश्न गरेका छन्।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका उनले जनतामा जान नसकेर मुद्दा जितेर परमादेशी सरकार बनेको बताएका हुन्।‘अदालतबाट मुद्दा लडेर सरकार पाउने भएपछि लोकतन्त्र किन चाहियो? तर त्यसका लागि पार्टीभित्रैका मान्छेहरू पनि प्रतिक्रियावादीहरूसँग मिल्न गए,’ उनले भने, &ls