डीएभी देवनागरी दिवस सम्पन्न

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औं देवनागरी दिवस सम्पन्न गरेको छ।

सम्बन्धित सामग्री

डीएभी देवनागरी दिवस सम्पन्न

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले बुधवार २४औं अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा देवनागरी दिवस सम्पन्न गरेको छ । विभिन्न भाषाका प्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयका शिक्षक र विद्यार्थीमाझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागको समन्वयमा देवनागरी दिवस मनाइएको हो । सहभागी विद्यालयले संस्कृतका श्लोक वाचन, नेपाली–हिन्दी कविता तथा निबन्ध लेखन र वक्तृत्वकला विधामा प्रतिभा प्रस्तुत गरेका थिए । अन्तरविद्यालय प्रतिस्पर्धामा डीएभी अप्रतियोगी रहे पनि विद्यार्थीले संस्कृत, नेपाली, हिन्दी लगायत विभिन्न भाषाका साहित्य, संस्कृति, कला र रीतिरिवाज झल्काउने नृत्य एवं कलाकौशल प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अंग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी लिपिमा आधारित भाषा अध्ययन–अध्यापन भइरहेको जानकारी गराए । जननी, मातृभाषा र शिक्षण प्रक्रियाको अन्तरसम्बन्धको चर्चा गर्दै उनले मातृभाषा मानव इतिहासको धरोहर रहेको बताए । साथै पुस्तान्तरण प्रक्रियामा भाषाको सबलीकरण गर्ने सवालमा शैक्षिक संस्थाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयका उप–कुलपति प्राडा. यादव प्रकाश लामिछानेले विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै विद्यालयको देवनागरी लिपिमा आधारित भाषाको एकीकृत मञ्चमा सहभागी हुन पाउँदा आफू हर्षित भएको बताए । उनले भाषा र लिपिको विकास भएमात्र शिक्षण प्रक्रिया अगाडि बढ्न सक्ने बताए ।

डीएभीमा देवनागरी दिवस : संस्कृत श्लोकवाचनदेखि वक्तृत्वकला प्रतियोगितासम्म

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा देवनागरी दिवस आयोजना गरेको छ । काठमाडौं उपत्यकाका १८ विद्यालयहरुका शिक्षक र विद्यार्थीहरुको सहभागितामा देवनागरी दिवस मनाइएको विद्यालयले जनाएको छ । कार्यक्रममा संस्कृत …