स्थिर ब्याज दर आजदेखि

तिशत, घर कर्जाका लागि ९ देखि ११ प्रतिशत ब्याज दर, व्यक्तिगत कर्जाको ब्याज दर १० देखि ११ प्रतिशतसम्म तोकेको छ । कृषि विकास बैङ्कले ९.७५ देखि साढे १२ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । सवारी कर्जा साढे १० प्रतिशत छ भने १० वर्षमाथिको घर कर्जाको ब्याज ११.२५ प्रतिशत तोकेको छध्र निजीतर्फ हिमालयन बैङ्कले मुद्दती निक्षेपतर्फ रिकरिङतर्फ ४ देखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याज दर तथा व्यक्तिगततर्फ न्यूनतम तीन महिनेमा चारदेखि अधिकतम पाँचदेखि १० वर्ष अवधिको ९ प्रतिशत रहेको बैङ्कले जनाएको छ । कर्जातर्फ आधार ब्याज दरमा अधिकतम ५ प्रतिशत प्रिमियममा सबै प्रकारका कर्जा उपलब्ध गराउने भएको बैङ्कले जनाएको छध्र सेन्चुरी बैङ्कले पाँच वर्ष अवधिको घर कर्जा ११.४९ प्रतिशत, १० वर्षका लागि ११.९९ प्रतिशत, १० वर्षभन्दा माथिका लागि १२.९४ प्रतिशत ब्याज दर कायम हुने जनाएको छ । भदौसम्मको बेस रेट ८.७६ प्रतिशत रहेको बैङ्कले सवारी कर्जा र व्यक्तिगत कर्जाको ब्याज दर ११.९९ देखि १२.९९ प्रतिशतसम्म तोकेको छध्र नेपाल बङ्गलादेश बैङ्कले पनि पाँच वर्षसम्म वा सोभन्दा बढी अवधिका लागि ९.९९ प्रतिशत ब्याज दरदेखि १०.९९ प्रतिशतसम्म तोकेको बैङ्कले घर कर्जा ९.९ देखि ११.९ प्रतिशतसम्म रहने जनाएको छध्र एनएमबी बैङ्कले पनि घर कर्जाका लागि ९.४९ देखि १२.२४ प्रतिशतसम्म ब्याज दर तोकेको छ । जुन पाँच वर्षदेखि १५ वर्षसम्म अवधिको हो । बैङ्कको सवारी कर्जा ९.४९ देखि ११.२४ प्रतिशतसम्म रहेको छ । यस्तै वातावरणमैत्री घरका लागि ०.५० प्रतिशत ब्याज दर कम हुने तथा व्यक्तिगत कर्जा १०.४९ देखि १३.२४ प्रतिशतसम्म रहेको बैङ्कले जनाएको छध्र