त्रिविमा उपकुलपति र रजिस्ट्रार खाली, कहिले पाउँछ त्रिविले नेतृत्व ?

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा उपकुलति नाम सिफारिस गर्न सर्च कमिटी बनेको छ ।

सम्बन्धित सामग्री

अब भूमि व्यवस्थापन र जग्गा प्रशासन सम्बन्धी विषय विश्वविद्यालयमा पढाइ हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनका विभिन्न विधामा अनुसन्धान, जनशक्ति उत्पादन तथा नवीन अवधारणाको प्रयोगमा काठमाडौं विश्वविद्यालयसँग सहकार्य बढाउने भएको छ । मन्त्रालयको नेतृत्व र विश्वविद्यालयका पदधिकारीबीचको भेटमा त्यससम्बन्धी विषयमा सहकार्य बढाउने सहमति भएको हो । सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले भूमि प्रशासनका विषयमा अध्ययन अनुसन्धान गर्नु आवश्यक भएकाले काठमाडौं विश्वविद्यालयको सहयोग आवश्यक रहेको बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालयबाट मन्त्रालयको सहकार्यमा जियोमेट्रिक इन्जिनियरिङ विषयमा पढाइ भइरहे पनि भूमि प्रशासन बहुविधायुक्त क्षेत्र भएको हुँदा अन्य विधामा समेत सहकार्यको सम्भावना रहेको उल्लेख गरे । विश्वविद्यालयका उपकुलपति भोला थापाले मन्त्रालयसँग सहकार्य गर्न इच्छुक रहेको बताए । रजिस्ट्रार अच्युत वाग्लेले विश्वविद्यालय र सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । रासस

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिविरुद्ध अदालतमा रिट

हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकाले हटाउन माग गर्दै अदालतमा रिट दायर भएको छ । युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौँडामा प्रतिष्ठानका उपकुलपति डा. जोशी, रजिस्ट्रार राजेश प्रसाईं, […] The post मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिविरुद्ध अदालतमा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक.