माघ १९ गते मलेसियाका गृहमन्त्रीको उच्चस्तरीय भ्रमण तय

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइलको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय टोली माघ १९ गते (फेब्रुअरी २) नेपाल आउने भएको छ । झन्डै ४२ घण्टा नेपालमा बिताएर उनको टोली काठमाडौंबाट सिधै माघ २१ गते शुक्रबार बंगलादेशका लागि उड्नेछ ।