सडक स्तरोन्नति नहुँदा दैलेखमा पेट्रोलियम अन्वेषण अघि बढेन

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङका लागि आवश्यक उपकरण ल्याउन सडक स्तरोन्नति नहुँदा अन्वेषण अघि बढेको छैन।ड्रिलिङका लागि आवश्यक उपकरण अहिलेको अवस्थामा रहेको कर्णाली राजमार्गबाट ल्याउन सकिने अवस्था नभएको भन्दै खानी तथा भूगर्भ विभाग र सडक डिभिजन कार्यालय सुर्खेतबीच सडक स्तरोन्नतिको कामलाई अघि बढाउने सहमति भएको थियो। सडक डिभिजन सुर्खेतले समयमै सडक स्तरोन्नति नगर्दा समस्या भएको हो। खानी तथा भूगर्भ विभाग र सडक डिभिजन क