काठमाडौं : मंगलबार मात्र पार्टी घोषणा गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राजनीति पत्रकारिता जस्तो नभएको बताएका छन्।काठमाडौँको राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक इमान भएको जो कसैले पनि गर्न सक्ने बताएका हुन्।राजनीतिक पत्रकारिता र समाजसेवा जस्तो नहुने उनले स्पष्ट पारे। 'राजनीतिलाई यति धेरै राजनीति गरेर गिजोलियो कि तपाईं हामी जस्ता सामान्य सर्वसाधारणका लागि पहुँचको विषय नै होइन भनेर यसलाई अचम्मको विषय बनाइयो', उनले भने, 'राजनीतिलाई सफा गर्न म आफैँ राज