उपचारका क्रममा अस्पतालबाट फरार भएका कैदी बन्दीका बारेमा छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै आज उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङ्ग गापा २ का भोला बुढाथोकी फरार भएकोबारे छानबिन गर्न समिति गठन गरिएको हो । प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको विज्ञप्तिमा जनाइएको छ । कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा