यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको लागि युथ कंग्रेसको आयोजनामा पत्रकार र युवा विद्यार्थीहरूले धर्ना दिएका हुन् ।