क्षतिग्रस्त नौतले दरबारको पुनर्निर्माण ठप्प

काठमाडौं, भदौ २७ । कोभिड–१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौंको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ । हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा […]