दशैंमा यातायातको सहज व्यवस्थापन गर्न गृह प्रवक्ताको नेतृत्वमा समिति

चाडपर्वमा सम्भावित दुर्घटना रोकथाम र यातायातको सहज व्यवस्थापनका लागि समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले जनाएको छ । समितिलाई दशैं र तिहार लगायतका चाडपर्वमा यातायात व्यवस्थापन बारे आवश्यक निर्देशन दिने अधिकार दिइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएको बेला भइरहेका सडक दुर्घटना न्यूनिकरणका गर्न समिति बनाउन प्रस्ताव गरेका थिए ।&nb