वर्तमान संविधान कार्यान्वयनमा आएपछि हुन गइरहेको दोस्रो संसदीय निर्वाचनले नेपाली समाजको हरेक तप्कालाई प्रभावित बनाएको छ । अधिकांश राजनीतिक पार्टीहरूले र स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनकेन्द्रित आफ्ना घोषणापत्र सार्वजनिक गरिनसकेको अवस्थामा कुन पार्टी र कुन स्वतन्त्र उम्मेदवारले कस्ता मुद्दाहरू प्रमुख रूपमा उठाउँछन् र मतदातासामु जान्छन् भन्ने कुरा प्रस्ट भएको छैन ।