प्रेम आलेको हुँकार– मन्त्री भएपछि क्यासिनोको लाइसेन्स नबाँडेर धानको बाला बाँडौं त ? [कुराकानी]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको ध्यान धमाधम क्यासिनो लाइसेन्स वितरणमा रहेको पाइएको छ । मन्त्री आलेले साढे ३ महिनाको बीचमा ६ वटा क्यासिनोलाई सञ्चालन इजाजत पत्र (लाइसेन्स) बाँडेका छन् । चुनावी खर्च उठाउनका लागि आलेले विना अध्ययन लाइसेन्स बाँड्ने काम गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका छन् । यता मन्त्री आले भने आफूले  मन्त्रीको अधिकार प्रयोग गरेरै लाइसेन्स वितरण गरेको दाबी गर्छन् । प्रस्तुत छ, आलेसँग लोकान्तरका लागि राजु बास्कोटाले गरेको कुराकानीको सम्पादित अंशः तपाईं आएपछिको सा...