हुलाकी सडक निर्माणमा बेथिति : नसच्चिए कडा कदम चाल्ने संघीय, प्रदेश सांसद र पालिका प्रमुखहरूको चेतावनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मोरङ जिल्लामा रहेको पूर्व-पश्चिम हुलाकी सडक निर्माणमा बेथिति भएको भन्दै दुईजना संघीय सांसदसहित मोरङका प्रदेश सभा सदस्य र पालिका प्रमुखहरूले बेथिति रोक्न माग गरेका छन् । विज्ञप्ति जारी उनीहरूले हुलाकी सडक निर्माणमा बेथिति भएको र बेथिति नरोकिए स्थानीय तह समेतको सहभागितामा कडा कदम चाल्ने चेतावनी दिएका छन् । […]