चाडपर्व नजिकिएसँगै नेपाल वायुसेवा निगमको जापानको ओसाका उडानमा यात्रुको चाप बढेको छ । दशैं तिहार छठ सुरु भएसँगै काठमाडौं–ओसाका–काठमाडौं उडानमा यात्रुको चाप बढेको निगमले जनाएको छ । नेपालीहरु पर्यटकीय सिजन सुरु भएको र चाडवाडमा नेपालीहरु नेपाल आउने क्रम सुर भएसँगै निगमको उडानमा यात्रुको चाप भएको निगमका सहायक प्रवक्ता सुलेश मिश्रले बताए । भदौ १२ बाट ओसाका उडान थालेको निगमले यात्रु कम भएसँगै साप्ताहिक उडान कटौती गर्दै हप्तामा दुई उडान थालको थियो ।