लालसिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।फिल्म फ्लप भएपछि आमिरले आफ्नो अ

सम्बन्धित सामग्री

‘लाल सिंह चड्डा’ फ्लप भएपछि पारिश्रमिक नलिने आमिरको घोषणा

एजेन्सी । भारतीय अभिनेता आमिर खानले फिल्म ‘लाल सिंह चड्डा’ असफल भएपछि पारिश्रमिक नलिने घोषणा गरेका छन् । बहिष्कारको प्रवृत्तिले फिल्मले बक्स अफिसमा ठूलो नोक्सान बेहोर्नुपरेको छ । ४ वर्षपछि पुनः पर्दामा फर्किएका आमिरले फिल्मबाट धेरै आशा राखेका थिए । १ सय ८० करोड भारतीय रुपैयाँमा बनेको फिल्मले २० दिनमा करिब ६२.६६ करोड भारतीय रुपैयाँ […]

पारिश्रमिक नलिने सेलिब्रेटीहरू

काडमाडौँ– बलिउड सेलिब्रेटीलाई स्टार भनिन्छ किनकी उनीहरुको फ्यान फ्लोअर्स राम्रै छन् । उनीहरूले उठाएको आवाज सम्बन्धित पक्षले सुन्नै पर्ने बाध्यता हुन्छ । उनीहरूले राज्यको कानुन व्यवस्थासम्ममा दखल पुर्‍याउने ल्याकत राख्छन् । उनीहरूको लोकप्रियताले नै पाउने पारिश्रमिकको मापन गर्ने गरेको छ । यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । यद्यपि केही सेलेब्सहरुको आफ्नो सम्बन्धको आधारमा निर्माताको […]

मासिक पारिश्रमिक बापतको रकम नलिने रौतामाईका अध्यक्षको घोषणा

उदयपुर– रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रमिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे ।  माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रमिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न नागरिकको आवश्यकतालाई पहिचान […]

रौतामाईका अध्यक्ष भन्छन्– पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्नेलाई दिन्छु

उदयपुर, १४ जेठ : रौतामाई गाउँपालिका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रकुमार आले मगरले आफूले पाउने मासिक पारिश्रामिक बापतको रकम नलिने घोषणा गरेको छ । उनले शनिवार पदभार ग्रहण गर्दै प्राप्त हुने पारिश्रमिक परोपकारको क्षेत्रमा काम गर्ने संस्थालाई दिने घोषणा गरे । माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनबाट निर्वाचित अध्यक्ष मगरले पारिश्रामिक रकमलाई कोषको रुपमा विकास गरेर विपन्न […]

राष्ट्रियसभा चुनावका निर्वाचन अधिकृतले थप सुविधा नलिने

काठमाडौं : आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरूले निर्वाचन अधिकृतको हैसियतमा कुनै सेवा सुविधा नलिने घोषणा गरेका छन्।सातवटा प्रदेशमा निर्वाचन अधिकृत तोकिएका सात जना न्यायाधीशहरूले थप भत्ता नलिने घोषणा गरेका हुन्। न्यायाधीशहरूले संयुक्त विज्ञप्ति जारी गरी आफूहरूले जीवन निर्वाह गर्न आवश्यक पर्ने न्युनतम पारिश्रमिक राज्यकोषबाट प्राप्त गरिरहेको भन्दै कोरोना महामारीका कारण मुलुकले आर्थिक संकट व्यहोर्नुपरेको अवस्थामा थप सेवा सुविधा नलिने बताएका

फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार

काठमाडौं । बलिउड सेलिब्रेटीलाई यसकारण स्टार भनिन्छ किनकि उनीहरू फिल्मको चम्किला अनुहार हुन् । उनीहरूकै कारण फिल्म हिट वा फ्लप हुने गर्दछ । हरेक फिल्मका लागि यी कलाकारहरू निर्माताबाट करोडौं पारिश्रमिक लिन्छन् । करिना कपुरदेखि कैटरिना कैफसम्म यस्ता कैयौं सेलिब्रेटी छन्, जसले कुनै फिल्म या गीतका लागि कुनै पारिश्रमिक लिएनन् । अर्थात उनीहरूले निःशुल्क काम […] The post फिल्ममा पारिश्रमिक नलिने यी बलिउड कलाकार appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौँ, १८ साउन: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गरेका छन् । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उनले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराएका छन् । “सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुविधा नलिने […]

शाहरुखको 'पठान'मा सलमानको १० मिनेटको केमियो, तर लिएनन् पारिश्रमिक

काठमाडौं। शाहरुख खानको चलचित्र ‘पठान’मा सलमान खानको केमियो भूमिका छ। चलचित्रमा उनको १० मिनेटको केमियो भूमिका देखिनेछ। त्यसका लागि उनले यशराज स्टूडियोमा छायांकन गरेका थिए तर सलमानले पारिश्रमिक नलिने बताए। शाहरुखका लागि आफू जे पनि गर्न तयार रहेको भन्दै उनले पारिश्रमिक लिन मानेनन्। अहिले कोरोना महामारीबीच चलचित्रको छायांकन रोकिएको छ। पारिश्रमिक नलिने भएपछि निर्माता आदित्य चोपडाले उनलाई महँगो गिफ्ट दिनेछन्।

दोहोरो सुविधा नलिने प्रमुख आयुक्त राईको स्वघोषणा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दोहोरो सुविधा नलिने भएका छन् । प्रमुख आयुक्त राईले यही फागुनदेखि आयोगबाट पारिश्रमिक र सेवा सुविधा लिने तर नेपाल सरकारको सचिवको हैसियतले पाउने निवृत्तीभरण नलिने स्वघोषणा गरेका हुन् ।     पूर्वसचिव राई गत माघ २१ गते प्रमुख आयुक्त पदमा नियुक्त भएका थिए । उनले यही फागुनदेखि दोहोरो सुविधा नलिने स्वघोषणा गरेका छद्द् । निवृत्तीभरण व्यवस्थापन कार्यालयलाई समेत सो विषयमा जानकारी गराइसकिएको छ ।

पाँच वर्षको पारिश्रमिक नलिने तिलोत्तमाका मेयरको घोषणा

२० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरले आफ्नो कार्यकालभरी पारिश्रमिक नलिने घोषणा गरेका छन् । नगर प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । नगर प्रमुख घिमिरेले आफूलाई प्राप्त हुने सम्पूर्ण पारिश्रमिक रकम …